२६ श्रावण २०८२, सोमबार | Mon Aug 11 2025


काठमाडौंमा गुन्डाराज, यौनधन्दा निस्तेज पार्छु : एसएसपी लामा


0
Shares

काठमाडौं, भदौ ४ । महानगरीय प्रहरी परिसर काठमाडौंको ‘कमान्ड’ सम्हालेका वरिष्ठ प्रहरी उपरीक्षक वसन्त लामाले ‘म्यानुअल पुलिसिङ’लाई विस्थापित गर्दै ‘प्रविधियुक्त पुलिसिङ’को अवधारणा अघि बढाउने बताएका छन् ।

सोमबार परिसरमा पत्रकारहरुसँगको भेटघाटमा उनले काठमाडौंमा मौलाएको गुन्डाराजदेखि यौनधन्दालाई निस्तेज पार्ने बताए ।

पुलिसको एक्लो प्रयासलेमात्रै शान्ति–सुरक्षा कायम नहुने भन्दै एसएसपी लामाले समाजका सबै पक्षहरुको सहयोग आवश्यक पर्नेमा जोड दिए ।