१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023


प्रशिद्ध गीतकार शर्माको निबन्ध संग्रह ‘शब्दशिविर’ सार्वजनिक


338
Shares

काठमाडौं । प्रशिद्ध गीतकार एवं साहित्यकार मुकुन्दराज शर्माद्वारा लिखित निबन्ध संग्रह ‘शब्दशिविर’ सार्वजनिक गरिएको छ ।
लामो समयदेखि शिक्षा क्षेत्रमा लाग्नु भएका शर्माको कृति ‘शब्दशिविर’ संविधान दिवसको अवसर पारेर सोमवार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।

शर्माको निबन्धकृति शब्दशिविरको उहाँका एक सय बर्षीय पिता निमानन्द शर्मा,माता ९५ वर्षीया शोभादेवी शर्मा, राज्यमन्त्री उमेश श्रेष्ठ,भाषाविद् माधवप्रसाद पोखरेल,साहित्यकार मोमिला लगायतले संयुक्त रुपमा विमोचन गरेका थिए ।सो कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले कृतिका लेखक शर्माले नेपालको शैक्षिक र साहित्यिक क्षेत्रमा पुर्याउनु भएको योगदानका विषयमा चर्चा गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा लेखक शर्माले विभिन्न पत्रपत्रिकामा लेख छाप्दा छाप्दै साथीभाई र आफन्तहरुले घच्घचाएपछि शब्दशिविर निबन्धकृति सिर्जना भएको बताउनु भयो । कार्यक्रममा उक्त निवन्ध संग्रहको प्रकाशक संस्था कामना पब्लिकेशनका अध्यक्ष दिरेकलाल श्रेष्ठ, लिटिल एन्जेल्स स्कुलका निर्देशक राजेश श्रेष्ठ लगायतले पुस्तकको बारेमा चर्चा गरेका थिए ।

‘शब्दशिविर’ मा २५ वटा निबन्धहरुको संग्रह रहेको छ । लेखक शर्मा प्रसिद्ध गीतकारका रुपमा पनि परिचित हुनुहुन्छ । उहाँले रचना गर्नुभएका ‘बनमाराले वनै खायो, पीरैपीरले जिउ खायो’! ‘हिउँचुलीमा हिउँ बग्यो, थाकखोलामा पानी’ ! लगायत गीतहरु चर्चित छन् । २ सय १२ पुष्ठको उक्त निबन्ध संग्रहको मूल्य ४ सय रुपैयाँ राखिएको छ ।

शर्मा शिक्षा विद्का रुपमा पनि परिचित हुनुहन्छ । उहाँले विगत ३४ वर्षदेखि लिटिल एन्जेल्स स्कुलको प्राचार्यको रुपमा जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।