कैलाली, जेठ २८ । कैलालीमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन् ।
जिल्लाको बर्दगोरीया गाउँपालिकाकी २५ वर्षिया सरस्वती उपाध्यायको मुत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध पार्दै आन्दोलन गरेका हुन् ।
उनीहरुले पूर्वपश्चिम राजमार्गको बौनिया बजारमा राजमार्ग अवरुद्ध पार्दै पीडित परिवारलाई क्षतीपूर्ती र दोषीलाई कारवाहीको माग गर्दै प्रर्दशन गरेका हुन् ।
प्रर्दशनले उग्र रुप लिएपछि प्रहरी र आन्दोलनकारीबीच दोहोरो झडप समेत भएको थियो । प्रदशन नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो ।
बुधबार दिउँसो लम्कीबाट धनगढी आउँदै गरेको ना ७ ख ९३० नम्बरको बसको ठक्करबाट साईकलमा सवार युवतीलाई ठक्कर दिएको थियो ।








प्रतिक्रिया दिनुहोस्