Logo २४ कार्तिक २०८२, सोमबार | Tue Nov 11 2025


हत्या आरोपमा जन्मकैद सजाय पाएका अभियुक्त ९ वर्षमै रिहा


3.8k
Shares

काठमाडाैँ । हत्या आरोपमा जन्मकैद सजाय पाएका अभियुक्त ९ वर्षमै रिहा भएका छन् ।

नेकपा एमालेका नेता महमुद आलमको हत्याका मुख्य योजनाकार रहेको भन्दै अदालतबाट दोषी ठहर भएका एमालेकै पूर्व सांसद रामचन्द्र कुशवाहा प्यासी जन्मकैद सजाय पाएका उनी ९ वर्षमै रिहा भएका हुन् ।

जन्मकैद अर्थात २० वर्ष जेल सजाय पाएका उनी ९ वर्ष नपुग्दै संविधान दिवसका अवसरमाा माफी पाएर रिहा भएका हुन् ।

संविधान दिवसको अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले सोमबार ९९८ जना कैदीलाई आममाफी दिएको थियो । जसमा वीरगञ्ज कारागार सजाय काटिरहेका प्यासी पनि आममाफी पाएर रिहा भएका हुन्।

वीरगञ्ज कारागार प्रमुख मदन घिमिरेले कारागारमा कैद सजाय भुक्तान गर्दै आएका प्यासीले ४० प्रतिशत कैद सजाय भुक्तानी गरेको जानकारी दिनुभयाे ।

उनका अनुसार चाल चलन असल भएका कैदीबन्दीलाई आम माफीका लागि माथिल्लो निकायमा सिफारिस गर्ने चलन छ। साेहीअनुसार कारागारबाट विभिन्न मुद्दामा जेल सजाय काटिरहेका ६ जना महिलासहित ३८ जना रिहा भएकाे उहाँले बताउनु भयाे ।

महमुद परिवारले भने प्यासीलाई रिहा गर्ने सरकारले गरेकाे निर्णयप्रति आपत्ति जनाएकाे छ ।

महमुदका छोरा मोबिन आलमले बुवाकाे हत्याका मुख्य योजनाकारले पुरा कैद भुक्तानी नगर्दै सरकारले रिहा गर्ने निर्णय गर्नु दुःखद भएको बताउनु भयाे ।