२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


‘एनसीएचएल’को सहयोग


0
Shares

काठमाडौं, जेठ २८ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले हालको महामारीको स्थितिमा नेपाल सरकार, बैंकिङ क्षेत्र र सर्वसाधारणलाई दुई करोड ९१ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको जनाएको छ ।

एनसीएचएलले सम्पूर्ण भुक्तानी सेवाहरुमा लाग्ने कारोबार शुल्क मिनाहा गरेर, आफ्नो ‘प्ल्याटफर्म’मार्फत् ‘क्राउड फन्डिङ’ गरेर र कोरोना कोषमा प्रत्यक्ष अनुदान गरी उक्त रकम बराबर सहयोग पुर्‍याएको जनाएको छ ।

कोभिड—१९ को वर्तमान अवस्थामा ‘डिजिटल’ भुक्तानीलाई प्रसय दिने उद्देश्यका साथ एनसीएचएलले विभिन्न सेवा पुर्‍याउँदै आएको छ ।

‘लकडाउन’ सुरु भएदेखि कारोबार शुल्कमा मिनाहा गर्दै आएको र यसबाट कम्पनीले दुई करोड ३४ लाख रुपैयाँभन्दा बढीको प्रत्यक्ष योगदान गरेको कम्पनीको दाबी छ ।