
इलाम । चियाको हरियो पत्तीको मूल्य घटाएपछि इलामका चिया किसानहरु आन्दोलित भएका छन् ।
लकडाउनको मौका छोपेर उद्योगीहरुले हरियो पत्तीको मूल्य घटाएपछि इलामको सूर्योदय नगरपालिकाका किसानहरु आन्दोलित भएका हुन् ।
सूर्योदय नगरपालिकाले निर्माण गरेको गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि २०७५ अनुसार मूल्य कायम हुनुपर्ने माग गर्दै उनीहरु आन्दोलित भएका हुन् ।
उनीहरुले नगरप्रमुखलाई एक ध्यानाकर्षण पत्र बुझाउँदै आवश्यक पहल गरिदिन मागसमेत गरेका छन् ।
पछिल्लो समयमा हरियो चिया पत्तीमा देखिएको समस्या समाधानका लागि सूर्योदय नगरपालसका र सुर्योदय टी प्रोडयुसर्स एसोसिएसन बीचको छलफल विना निष्कर्ष टुङ्गिएको छ ।
मापदण्ड अनुसार ४० रुपैयाँ प्रतिकेजी मूल्य लागू गर्न उद्योगीहरुलाई अनुरोध गरेको भएपनि उद्योगीहरुले ३० रुपैयाँ भन्दा बढी मूल्य तिर्न नसक्ने अडान लिएपछि छलफल विना निष्कर्ष टुङ्गिएको हो ।
प्रतिक्रिया दिनुहोस्