३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


रात्री शो बन्द गर्ने निर्णयप्रति आपत्ति जनाउँदै भुवनलाई राजीनामा दिन प्रदीपको सुझाव


3.042k
Shares

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई अभिनेता प्रदीप खड्काले राजीनामा दिन सुझाव दिएका छन् ।

बोर्डले गरेको फिल्म हलमा रात्री शो बन्द गराउने निर्णयप्रति आपत्ति जनाउँदै प्रदीपले भुवनको राजीनामा माग गरेका हुन् । खड्काले ‘प्रेमगीत ३’लाई लक्षित गरेर बोर्डले रातिको ११ बजेपछि फिल्म चलाउन नपाइने निर्णय गरेकाले अध्यक्ष केसीले राजीनामा दिए इज्जत बढ्ने बताएका हुन् ।

प्रदीप चलचित्र विकास बोर्ड र निर्माता संघप्रति आक्रामक भएका छन् । प्रदीपले भनेका छन्, ‘स्वविवेक प्रयोग नगर्ने, अरूबाट परिचालित हुने व्यक्ति त्यो ठाउँमा बस्न लायक छैन् ।’ क्लबहरू बिहान ४ बजेसम्म खुल्न पाउने तर फोन पनि साइलेन्ट गरेर फिल्म हेर्नुपर्ने ठाउँमा ११ बजेपछि शो चलाउन नपाउने नियम दिमाग नभएको मान्छेले बनाएको भन्दै प्रदीपले रात्री शो बन्द गराउने निर्णयको आलोचना समेत गरेका छन् ।

अभिनेता प्रदीपले चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले देशद्रोहको मुद्दा लगाउनुपर्ने भनेर दिएको अभिव्यक्तिमा समेत आपत्ति जनाएका छन् । जसका कारण उनले निर्माता संघको समानान्तर अर्को संघ खोल्ने चेतावनी समेत दिएका छन् ।