काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति तथा प्राज्ञ परिषद्का सदस्यहरूले मण्डला थिएटर, थापागाउँमा रङ्गकर्मीहरूसँग आत्मीय भेटघाट गरेका छन्।
भेटघाटका क्रममा मण्डला थिएटरका रङ्गकर्मीहरूले आफ्ना अनुभव, भोगाइ तथा सिर्जनात्मक यात्राका विविध पक्षकाे बारेमा अनुभव आदान–प्रदान गरेका हुन्। सोही अवसरमा नेपाली रङ्गमञ्चको वर्तमान अवस्था, सम्भावना, चुनौती तथा आगामी यात्राका विषयमा समेत गहन छलफल भएको हाे। अन्तर्क्रियामा नेपाली रङ्गमञ्चको विकासका लागि प्राज्ञिक तथा व्यावसायिक क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो। सहभागीहरूले रङ्गकर्मीका अनुभव, सिर्जनात्मक अभ्यास र समकालीन रङ्गमञ्चका सवालबारे विचार आदानप्रदान गरेका हुन्।
मण्डला थिएटरले नेपाली कला, साहित्य तथा रङ्गमञ्चको विकास र प्रवर्द्धनका लागि प्रज्ञा–प्रतिष्ठानबाट गरिएको पहलप्रति आभार व्यक्त गरेको छ। आगामी दिनमा यस्ता भेटघाट, संवाद तथा सहकार्यलाई निरन्तरता दिँदै नेपाली रङ्गमञ्चलाई थप समृद्ध र सशक्त बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको थिएटरले जनाएको हाे।
मण्डला थिएटर परिवारले प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति, आत्मीयता र सार्थक संवादका लागि धन्यवाद समेत व्यक्त गरेको छ।









प्रतिक्रिया दिनुहोस्