पोखरामा पनि डेंगु विरुद्धको सचेतना अभियान सुरू « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Mon Sep 26 2022


पोखरामा पनि डेंगु विरुद्धको सचेतना अभियान सुरू


78
Shares

पोखरा । पोखरा महानगरपालिकाले डेंगु विरुद्धको सचेतना अभियान सुरू गरेको छ ।

महानगरको स्वास्थ्य महाशाखाको नेतृत्वमा डेंगु रोकथामका लागि लामखुट्टेको वासस्थान खोजी तथा नष्ट गर्ने अभियान सुरू गरिएको हो ।

अभियानको सुरूवात गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले डेंंगु थप फैलन नदिन जनजागरण अभियान सञ्चालन गर्नु परेको बताउनुभयो ।

ग्यारेज तथा कवाडी संकलन केन्द्रहरूमा लामखुट्टेको सुरक्षित वासस्थानका रूपमा पाइएकाले त्यस्तो व्यावसाय सञ्चालन गरिरहेका व्यवसायीहरूलाई थप सचेत रहन भनिएको छ ।

पोखरामा पनि पछिल्लो समय डेंगु रोग फैलदै गएको छ ।