Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


कैलालीमा तीन किशोरीमाथि बलात्कार आरोपमा चारजना पक्राउ


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, जेठ २७ । कैलालीमा बलात्कारको आरोपमा चारजना युवक पक्राउ परेका छन् ।

टीकापुर नगरपालिकाका १८ वर्षीय सन्दीप ठकुल्ला, २१ वर्षीय दीपक बुढा, १९ वर्षीय डम्बर ठकुल्ला र २० वर्षीय दीपक ठकुल्लालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मंगलबार बिहान टीकापुर नगरपालिका–१ स्थित रानीकुलो किनारमा १४ वर्षीया तीन किशोरीमाथि जबर्जस्ती करणी गरी फरार भएका उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।

पक्राउ परेकाहरुविरुद्ध कैलाली जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको र अरु फरारको खोजी जारी रहेको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए ।

पक्राउ परेका चारजनालाई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याइएको छ ।