Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


कपनमा अज्ञात व्यक्तिबाट बसमा आगजनी


0
Shares

काठमाडौं, जेठ २७ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपन नजिक पार्किङ गरी राखेको बा २ ख ६२२६ नम्बरको बसमा मंगलबार अपरिचित व्यक्तिले आगजनी गरेका छन् ।

आगलागीबाट बसमा करिब रु. एक लाख ५० हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।

अपरिचित व्यक्तिले उक्त बसमा आगजनी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको छ ।

फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । रासस