Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


जडिबुटीमा सवारी दुर्घटना हुदा एकजनाको मृत्यु


0
Shares

काठमाडौं, जेठ २७ । काठमाडौं महानगरपालिका–३२ जडिबुटीमा मंगलबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जडिबुटीस्थित सडकमा प्रदेश ३–०१–२२ च ८७१० नम्बरको कारले प्रदेश ३–०२–००५ प १५९८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा कागेश्वरी मनोहरा नगरपालिका–७ काँडाघारीका २७ वर्षीया सुप्रभा लुईंटेलको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको मंगलबार बी एण्ड बी अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको हो । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।