Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


वीर अस्पताल अगाडिको औषधि पसललाई कारवाही


0
Shares

काठमाडौं, जेठ २७ । बिलबिजक जारी नगर्ने दुई औषधि पसललाई मंगलबार कारवाही गरिएको छ ।

बजार अनुगमनका क्रममा नयाँ बानेश्वरस्थित साया फार्मेसी र वीर अस्पताल अगाडिको आरफ फार्मेसीलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार अनुगमनका क्रममा बिलबिजक जारी नगरी फार्मेसी सञ्चालन गरेको भेटिएपछि प्रतिपसल रु. दुई/दुई लाख जरिवाना गरिएको हो ।

उपभोक्ताको गुनासोलाई आधार बनाएर बन्दाबन्दी अवधिमा खाद्य, सर्जिकल सामग्रीलगायत सामग्रीमा बढी मूल्य लिने पसललाई दैनिक बजार अनुगमन गरी कारवाही गरिँदै आएको छ । रासस