
बिराज रोस्यारा (इमेज)
कैलाली, जेठ २७ । कैलाली उद्योग वाणिज्य संघले सरकारी कार्यालयका सटर भाडामा लिइ व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुको भाडा मिनाहा गर्न सम्बन्धित सरकारी कार्यालयहरुलाई आग्रह गरेको छ ।
संघका अध्यक्ष पुष्पराज कुँवर नेतृत्वको टोलीले धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड, सेती प्रादेशिक अस्पतालका अध्यक्ष दुर्गाप्रसाद जोशी, खाद्य संस्थान, साल्ट ट्रेडिङ, कृषि सामग्री कम्पनी, धनगढी नगर विकास समितिलगायतका सरकारी कार्यालय तथा संस्थानका प्रमुखहरुलाई भेटेर व्यवसायीहरुका तर्फबाट ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा ‘लकडाउन’ अवधिको भाडा नलिन आग्रह गरिएको छ ।
टोलीमा संघका प्रथम उपाध्यक्ष पुष्कर ओझा, महासचिव ओम बिष्टलगायत थिए ।
अध्यक्ष कुँवरले भाडा मिनाहाका लागि संघले गरेको आग्रहमा सरकारी कार्यालयका प्रमुखहरु सकारात्मक रहेको बताए ।
उनले लकडाउन अवधिको भाडा नलिन सरकारले घरधनीहरुलाईसमेत आग्रह गरिसकेको अवस्थामा सरकारी कार्यालयबाट त्यसको सुरुआत गर्नुपर्ने धारणा राखे ।
प्रतिक्रिया दिनुहोस्