 
	    काठमाडौं । बैंकहरुले शनिबारदेखि निक्षेपको ब्याजदर बढाएका छन् ।
बैंकहरुले ६ महिना पछि असोज महिनाका लागि निक्षेपको ब्याजदर बढाएका हुन् । सबै वाणिज्य बैंकहरुको मुद्दती निक्षेपको ब्याजदरमा औसतमा १० प्रतिशतले बढेको छ । जसअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १२ दशमलव १३ प्रतिशत, संस्थागतमा १० दशमलव १३ र रेमिट्यान्समा १३ दशमलव १३ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।
केही वाणिज्य बैंकहरुले भने ३ महिनासम्मको व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव ३ प्रतिशत, संस्थागतमा १० दशमलव ३ प्रतिशत र रेमिट्यान्समा १३ दशमलव ३ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् । यस्तै, विकास बैंकहरुले ब्याजदर बढाएका छन् । विकास बैंकहरुले ब्याजदर बढाएर व्यक्तिगत मुद्दती निक्षेपमा १३ प्रतिशतसम्म र संस्थागत मुद्दती खातामा ११ प्रतिशतसम्म ब्याज दिने भएका छन् ।
फाइनान्स कम्पनीहरुले पनि व्यक्तिगत मुद्दती निक्षेपमा १३ दशमलव ४७ प्रतिशतसम्म र संस्थागत मुद्दती निक्षेपमा ११ दशमलव ४७ प्रतिशतसम्म ब्याजदर दिने भएका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्