२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


पाँच जनाको हत्या गरेको सिंजालीको प्रारम्भिक साविति, फरुवाले हानेर हत्या गरेको स्वीकारोक्ति


0
Shares

बुटवल, जेठ २७ । रुपन्देहीको तिलोत्तमामा भएको सामूहिक हत्याकाण्डमा संलग्न रहेको अभियोगमा पक्राउ परेका व्यक्तिले कसूर स्वीकारेको प्रहरीले दाबी गरेको छ ।

गएराति तिलोत्तमा–१०, कान्छीबजारस्थित रामबहादुर पुनको गंगादेवी पशु फार्ममा पाँच जनाको हत्या गरिएको थियो ।

घटनापछि भुसको गोदाममा लुकेको सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिंजालीले फरुवा प्रहार गरेर पाँच जनाको हत्या गरेको स्वीकारेको प्रहरीले जानकारी दिएको हो ।

शुरुमा आफूले हत्या गरेको अस्वीकार गरेका उनले पछि सोधपुछ गर्दै जाँदा फरुवाले हानेर हत्या गरेको स्वीकारेको रुपन्देही प्रहरी प्रमुख एसपी हेमकुमार थापाले सञ्चारमाध्यमलाई बताए ।

प्रहरीले फेला पार्दा अचेत अवस्थामा रहेका सिंजालीको स्थानीय क्रिमसन अस्पतालमा उपचार भइरहेको छ । मारिनेमा सैनामैना मुर्गियाका ४१ वर्षीय माधव मुसहर, ३७ वर्षीया जानकी मुसहर, १४ वर्षीय पोषराज मुसहर, १७ वर्षीय करण चौधरी र आशिष चौधरी छन् ।