Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


रुपन्देहीको तिलोत्तमामा गाईभैसी फार्ममा सात वर्षीय बालकसहित पाँच जनाको हत्या, एक जना पक्राउ (अपडेट)


0
Shares

बुटवल । रुपन्देहीमा गएराति पाँच जनाको सामुहिक हत्या भएको छ ।

तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजिकै मैनहवा गाउंस्थित कुष्ण पुनको गाईभैसी फार्ममा एक व्यक्तिले ५ जनाको हत्या गरेका हुन् ।

घटनास्थलमै चार जनाको र एकजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ७ वर्षका करण चौधरी, १७ वर्षका आशिष चौधरी, ४० वर्षका माधव मुसहर र उनकी ३५ वर्षीय श्रीमती जानकी मुसहर र १४ वर्षका पोषराज मुसहर रहेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न रहेको आशंकामा फार्ममा काम गर्ने झपेन्द्र सिजाली पक्राउ परेको डिएसपी खड्क बहादुर खत्रीले जानकारी दिए ।

फार्म नजिकै बेहोस अवस्थामा रहेका उनलाई पक्राउ गरि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । हत्याको कारण खुल्न सकेको छैन ।