१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


थापाको निर्णय उल्ट्याउँदै शर्मा: अब पुरानै ८ पृतना


4.498k
Shares

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले ‘कमान्ड कन्सेप्ट’ (तीन जोड एक) लाई थन्काउँदै सेनालाई पुरानै संरचनामा फर्काएका छन् ।

पूर्ववर्ती प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाभित्रको आन्तरिक र सांगठनिक सुधारका लागि चालेका कदमलाई शर्माले एकपछि अर्को गर्दै उल्ट्याउन सुरु गरेका हुन् ।

सेनाभित्र हाबी हुँदै गएको आर्थिक अनियमितासहित विषयमा कठोर निर्णय लिएको भन्दै थापा चर्चामा आएका थिए । तर सेनाको नेतृत्वमा शर्मा आएसँगै पूर्ववर्ती सेना प्रमुखले सुरु गरेका सुधारका सबै कार्यक्रमलाई उल्ट्याउने क्रममा उनले कमान्ड कन्सेप्टलाई एक वर्षमै स्थगित गर्दै पुरानै आठ पृतना हेडक्वार्टरको संरचनामा फर्काएका छन् ।

शर्माले सरकारलाई दिएको परामर्शपछि भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार पुरानै संरचना ब्युँतिने भएको हो । योसँगै अब नेपाली सेनाका ७ प्रदेश तथा एक राजधानी गरै पुरानै आठ पृतना हेडक्वार्टर पुनःस्थापित हुनेछन् ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।