२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि


0
Shares

काठमाडौं । गण्डकी प्रदेशमा आज(मंगलबार) थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकाहरुमा नवलपुरका १२ जना, म्याग्दीका १ जना र बागलुङका ११ जना रहेको गण्डकी प्रदेशस्थित स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा उनीहरुका संक्रमण पुष्टि भएको हो । याोसँगै गण्डकी प्रदेशमा कोरोना क्रमितको संख्या १ सय ४४ पुगेको छ ।