२६ श्रावण २०८२, सोमबार | Mon Aug 11 2025


ढुक्पा पर्व तथा तोक्पेगोला जात्रा मनाईयो


0
Shares

ताप्लेजुङ । ताप्लेजुङको तोक्पे गोलाबासीले ढुक्पा छेसी पर्व तथा तोक्पेगोला जात्रा धुमधामका साथ मनाएका छन् ।

नागपञ्चमीदेखि ढुक्पा छेसी पर्व तथा तोक्पेगोला जात्रा सुरु हुने गर्छ ।

विगतका वर्षमा जस्तै यस वर्ष पनि पूजाआजाका साथै विभिन्न खेलकुदका कार्यक्रम गरी ढुक्पा पर्व तथा तोक्पेगोला जात्रा मनाइएको हो ।

झन्डै ३५ सय मिटरको उचाईमा पर्ने तोक्पे गोलामा २३ घर ढुक्प्या जातीको बसोबास छ । ढुक्प्या जातिका मानिसले नै यो पर्व मनाउने गर्दछन् ।

यो जातिका मानिसले मानिसले नागपञ्चमीका दिन नागको पूजा गरेर घर–घरमा बौद्ध धर्ममा आधारित पुस्तकहरु घुमाउने गर्दछन् ।

यसरी बौद्ध धर्मसँग सम्बन्धित पुस्तक घुमाउनाले घरमा लक्ष्मी भित्रने र दुःखकष्ट हरण हुने जनविश्वास छ ।