Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


मृत्युपछि कोरोना पुष्टि हुनु सरकारको अकर्मण्यताको परिणाम : कांग्रेस


0
Shares

काठमाडौं, जेठ २६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मानिसको मृत्युपछि कोरोना संक्रमण पुष्टि हुनु सरकारको अकर्मण्यताको परिणाम भएको आरोप लगाएको छ ।

सोमबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले कुल जनसंख्याको ३ प्रतिशतमा कोरोना परीक्षण गर्नपनि सरकारसँग माग गरेको छ ।

बैठकमा बोल्ने अधिकांश सदस्यहरुले संक्रमणको बेलामा समेत स्वास्थ्य सामग्रीको आपूर्तिमा भ्रष्टाचार गर्न लागेको सरकारले अस्पतालको क्षमता वृद्धि, ‘पीसीआर’ परीक्षणमा तीव्रता, ‘क्वारेन्टिन’को उचित व्यवस्थापन गर्न नसकेर आफ्नो असफलता प्रस्तुत गरेको आरोप लगाएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले बैठकमा कोरोनापछि थलिएको अर्थतन्त्र, विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार, क्वारेन्टिनको व्यवस्थापनलगायतका विषय प्राथमिकतामा परेको बताए ।