Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


सुदूरपश्चिम प्रदेशमा थपिए ३७ जना कोरोना संक्रमित


0
Shares

कैलाली, जेठ २६ । सुदूरपश्चिममा सोमबार थप ३७ जनामा कोरोना पुष्टि भएको छ ।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ३७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

थपिएकाहरुमा कञ्चनपुरका १९, दार्चुलाका १०, डडेल्धुराका ७ र कैलालीका एक जना रहेका छन् ।

योसँगै सुदूरपश्चिममा संक्रमितको सङख्या एक सय ४७ पुगेको छ ।