पहिरोका कारण गोरुसिंगे सन्धिखर्क सडक अवरुद्ध « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Wed Sep 28 2022


पहिरोका कारण गोरुसिंगे सन्धिखर्क सडक अवरुद्ध


1.261k
Shares

अर्घाखाँची । बिहिबारदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध भएकाे छ ।

सन्धिखर्क नगरपालिका वडा नम्बर ६ गुम्ति नजिकै पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध भएको हाे । सडकमा पहिरो खसेपछि सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट सन्धिखर्क आउने गाडीबीच बाटोमै रोकिएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

सडक सुचारु गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी अर्जुन पौडेलले बताउनुभयाे ।