
नवलपरासी, जेठ २६ । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा पछिल्लोपटक बाबु–छोरीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
पाल्हीनन्दन गाउँपालिका–१ का ३३ वर्षीय पुरुष र उनकी सात वर्षीया छोरीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए ।
संक्रमित बाबु–छोरी केही दिनअघि भारतबाट आएर स्थानीय ‘क्वारेन्टिन’मा बसेका थिए । उनीहरुको यसअघिको ‘आरडीटी’ परीक्षणमा पनि नतिजा ‘पोजिटिभ’ आएको थियो ।
स्वाब संकलन गरी परीक्षणका लागि भैरहवास्थित प्रादेशिक प्रयोगशालामा पठाइएकामा उनीहरुको नतिजा पोजिटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
योसँगै पाल्हीनन्दनमा कोरोना संक्रमितको संख्या ११ पुगेको छ ।
नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लामा कोरोना संक्रमितको संख्या अहिलेसम्म २१ पुगेको छ ।
यस्तै, निको हुनेको संख्या तीन पुगेको छ । प्रतापपुर र सुस्ता गाउँपालिकाका तीन संक्रमित कोरोनामुक्त भएका हुन् । रासस
प्रतिक्रिया दिनुहोस्