नवौं राष्ट्रिय खेल : उपाधिका लागि आर्मी र पुलिस भिड्दै « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Wed Sep 28 2022


नवौं राष्ट्रिय खेल : उपाधिका लागि आर्मी र पुलिस भिड्दै


78
Shares

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिताको फाइनल खेल आज शुक्रबार हुँदैछ ।

कीर्तिपुरस्थित टियु मैदानमा हुने फाइनलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र पुलिसबीचको खेल दिउँसो १ः१५ बाट सुरु हुनेछ ।

आर्मी र सदुरपश्चिम प्रदेशबीच पहिलो सेमिफाइनल रद्द भएपछि समूह चरणको उत्कृष्ट नतिजाका आधारमा आर्मी फाइनलमा पुगेको हो ।

यता, वर्र्षाले प्रभावित दोस्रो सेमिफाइनल खेलमा एनआरएनए स्पोर्टस एकेडेमीलाई पराजित गर्दै पुलिसले आर्मीसँगको भेट पक्का गरेको हो । शुक्रबार नै तेस्रो स्थानका लागि एनआरएनए र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुँदैछ ।

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडि नै आयोजना भईरहेको हो ।