
बिराज रोस्यारा (इमेज)
कैलाली, जेठ २६ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ‘डायलासिस वार्ड’ फेरि सुचारु भएको छ ।
डायलासिस वार्डमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएपछि शनिबारदेखि सो वार्ड सिल गरिएको थियो ।
सोमबारदेखि पुनः सेवा सुरु गरिएको हो ।
शुक्रबार डायलासिस वार्डमा धनगढी उपमहानगरपालिका–४ की ५५ वर्षीया महिलाको मृत्यु भएको थियो । उनमा शनिबार कोरोना पुष्टि भएसँगै शनिबारदेखि नै वार्ड सिल गरिएको थियो ।
सेती अस्पतालको हाताभित्र बिरङ हेल्थकेयर प्रालिले डायलासिस वार्ड सञ्चालन गर्दै आएको छ ।
बिरङ हेल्थकेयरले सोमबार एक विज्ञप्ति जारी गर्दै सोमबारदेखि नियमित सेवा सुरु भएको जनाएको हो ।
प्रतिक्रिया दिनुहोस्