३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


भारतमा सपिङ मल, रेस्टुरेन्ट र धार्मिकस्थलहरु खुले


0
Shares

काठमाडौं, जेठ २६ । भारतमा ‘अनलक–१’ अन्तर्गत् सोमबारदेखि सपिङ मल, रेस्टुरेन्ट र धार्मिकस्थलहरु खुलेका छन् ।

आइतबार एकैदिन सबैभन्दा धेरै नौ हजार ९७१ नयाँ कोरोना संक्रमित थपिएको भोलिपल्ट सोमबारबाट यस्तो व्यवस्था गरिएको हो ।

भारत इटाली, स्पेनजस्ता मुलुकलाई पछि पारेर विश्वमा संक्रमितको संख्या धेरै हुने मुलुकको पाचौं नम्बरमा पुगेको छ ।

तर, महामारीका कारण संकटमा परेको अर्थव्यवस्था फेरि चलायमान बनाउन उत्सुक रहेको मोदी सरकारले लाखौं मानिस फेरि काममा फर्किउन् भन्ने चाहेको छ ।

यसैले बढी संक्रमित क्षेत्र छोडेर सोमबारदेखि मल, रेस्टुरेन्ट तथा धार्मिकस्थलहरु खुला गरिएका हुन् । तर, यी ठाउँहरु खुला गर्न केही नियम अनिवार्य पालना गर्नुपर्नेछ ।

सामाजिक दूरी कायम गर्नुपर्ने, मास्क, स्यानिटाइजर र थर्मल स्क्रीनिङ अनिवार्य गरिएको छ ।

यस्तै, रेस्टुरेन्ट सञ्चालकले पनि ग्राहकहरुको व्यक्तिगत विवरण राख्नुपर्नेछ ।

होटल तथा सपिङ मलमा २४ देखि ३० डिग्रीसम्म एसी चलाउन र हावालाई स्वच्छ राख्न भनिएको छ ।

बिनालक्षणका मानिसहरुलाईमात्रै प्रवेशको अनुमति दिनुपर्ने र सार्वजनिकस्थलमा थुक्न प्रतिबन्ध लगाइएको छ ।

धार्मिकस्थल र मलमा ६५ वर्षभन्दामाथिका व्यक्ति र १० वर्षभन्दा कम उमेरका व्यक्ति, गर्भवती महिला र बिरामीहरुलाई प्रवेश नगर्न भनिएको छ ।

मलमा आउने व्यक्तिहरुले मोबाइलमा आरोग्य सेतु ऐप डाउनलोड गर्न सल्लाह दिइएको छ ।

धार्मिकस्थलमा आउनेहरुले जुत्ता–चप्पल गाडीमै राख्नुपर्नेछ । गाडी नभएकाहरुले आफ्नो जुत्ता–चप्पलको व्यवस्था आफैं गर्नुपर्नेछ ।

मन्दिरमा प्रसाद दिइने छैन भने घन्ट झिकिएको वा नबजाउन भनिएको छ । (एजेन्सी)