Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


दाङमा रोकिराखेका चार वटा स्काभेटरमा आगजनी, ४ करोड ५० लाख बराबरको क्षति


0
Shares

दाङ । दाङमा अज्ञात समूहले रोकी राखेको स्काभेक्टरमा आगजनी गरेको छ ।

गढवा गाउँपालिका वडा नम्बर १ राप्ती नदी बगरमा रोकेर राखिएको ४ वटा स्काभेटरमा आज विहान करिब ३ बजेको समयमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

कालाकाटे–गढवा हुलाकी राजमार्ग निर्माणको ठेक्का लिएको बज्रगुरू – कान्छाराम कन्ट्रक्सन प्रालि ललितपुर काठमाडौंको बा २ क ३१४८, बा २ क २२७१, बा २ क ४४८२ र एउटा अन्टेष्ट स्काभेटरमा आगजनी भएको हो । 

आगजनीबाट करिब ४ करोडको ५० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक भरतसिंह राठोरले जानकारी दिएका छन् ।

कम्पनीसँग विप्लपका कार्यकर्ताले चन्दा मागेको तर चन्दा नदिएकोले उक्त समूहले नै आगजनी गरेको हुन सक्ने कम्पनीका सञ्चालक बलबहादुर चपागाईंले बताए । घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ