
काठमाडौं । पाकिस्तानी स्वास्थ्य अधिकारीहरूले हालै आएको बाढीपछि देशमा स्वास्थ्य सङ्कट आउन सक्ने चेतावनी दिएका छन् ।
जुन महिनाको मध्यदेखि सुरु भएको बाढीका कारण हालसम्म करिब १५ सय जनाको मृत्यु र ३३ लाख मानिस प्रभावित भएका छन् । देशका विभिन्न भागहरूमा बाढी पीडितको उद्धार र निकासीको प्रयास जारी रहँदा त्यहाँका स्वास्थ्य विज्ञहरूले डेंगु, औलो र गम्भीर ग्यास्ट्रिक सङ्क्रमण दर बढेको विवरण दिएका हुन् ।
अधिकांश विस्थापित मानिसहरू जमेको पानीको छेउछाउमा आश्रय लिइरहेका छन् । उनीहरूमध्ये केहीको डेंगु ज्वरोका कारण निधन भइसकेको छ र हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएको बताइएको छ । दक्षिणी सिन्ध प्रान्तका स्वास्थ्य अधिकारीहरूले करिब ३ हजार ८ सय ३० मानिसमा डेंगुको कारण ज्वरो आएको विवरण पेश गरेका छन् । कराचीको आगा खान अस्पतालमा पनि डेंगुका सयौँ बिरामी भर्ना भएको र यो अवस्था झन भयावह हुन सक्ने बताइएको छ ।
बाढी आएको दुई महिनाभन्दा लामो समय बित्दा पनि पाकिस्तानभरि हजारौँ गाउँ अझै डुबानमा छन् । जसका कारण असङ्ख्य परिवारहरू विस्थापित भएका छन्
प्रतिक्रिया दिनुहोस्