काठमाडौं । संसदमा प्रस्तुत भएको आर्थिक वर्ष २०७७/०७८ वार्षिक बजेटमा सांसदहरुले उठाएको प्रश्नको विभागिय मन्त्रीहरुले आज जवाफ दिँदै छन् ।
प्रतिनिधिसभाको बैठकमा बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने क्रम सकिएपछि आजै विनियोजन विधेयक पारित गर्ने कार्यसूची छ ।
बैठकमा प्रधानमन्त्री कार्यालयसहित २१ वटा मन्त्रालयको विनियोजित बजेटबारे सांसदहरुले उठाएका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिने छन् ।
विनियोजन विधेयक पारित भएपछि नयाँ आर्थिक वर्ष सुरु भएलगतै साउन १ देखि रकम खर्च गर्न सरकारलाई बाटो खुला हुने छ ।
बैठकमा दुई दर्जन भन्दा बढी सांसदले खर्च कटौतीको प्रस्ताव पेश गरेका छन् ।
मन्त्रीहरुको जवाफपछि खर्च कटौतीको प्रस्ताव निर्णयार्थ पेश भएसँग अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विनियोजन विधेयक निर्णयार्थ पेश गर्ने बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्