काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले जनताको स्वास्थ्यप्रति सरकार निरिह र लाचार भएको आरोप लगाएका छन् ।
ट्वीटमार्फत प्रतिक्रिया दिंदै उनले कोरोना संक्रमण रोकथामका लागि देशभरका क्वारेन्टाइनहरु ब्यवस्थित नभएको र संक्रमितहरुको पनि उचित ब्यवस्थापन नभएको बताए ।
डा. कोइरालाले ट्वीटमा लेखेका छन, ‘आरडिटी नेगेटिभ देखिएर घर फर्किएकामा संक्रमण फैलिंदै गएको छ । पिसीआर रिपोर्टका लागि हप्तौं कुर्नुपर्ने अवस्था छ । मृत्यु र अन्त्येष्टि पश्चात पिसिआर परीक्षण गरिन्छ । जनताको स्वास्थ्यप्रति सरकार किन यति निरिह र लाचार ?’
डा. कोइरालाले यसअघि पनि कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारको कार्यशैली प्रभावकारी नभएको र स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार भएकोप्रति कडा रुपमा विरोध जनाएका थिए ।









प्रतिक्रिया दिनुहोस्