Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


लकडाउनको स्वरुप परिर्वतनको निर्णय गर्न बसेको उच्चस्तरीय समितिको बैठक निष्कर्षविहीन


0
Shares

काठमाडौं । सरकारले जारी गरेको लकडाउनको नागरिकबाट स्वतः उलंघन भइरहेका बेला लकडाउनको स्वरुप परिर्वतनको निर्णय गर्न बसेको उच्चस्तरीय समिति बैठक आइतबार पनि निर्णयमा पुग्न सकेन ।

प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा आइतबार अबेर रातीसम्म बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समतिको बैठकले लकडाउन खुकुलो बनाउने कार्ययोजना सहितको मस्यौदा टुंग्याउन नसकेको हो ।

विगत केही दिन देखि निजी क्षेत्र, व्यवसायी, अर्थविज्ञ लगायत विभिन्न निकायका प्रतिनिधि र पदाधिकारीसंगको छलफल पछि तयार पारेको मस्यौदामा अन्तिम सहमति जुटाउन बैठक बसेको बताइए पनि बैठकले ठोस निर्णय गर्न सकेन ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद बिडारीले कार्ययोजनाको मस्यौदामाथि छलफल भएको र प्राप्त थप सुझावलाई समावेश गरी मस्यौदा परिमार्जन गरी पुन अर्को बैठकमा पेश गर्ने निर्णय भएको जानकारी दिए ।