Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


कोरोनाविरुद्धको लडाईमा चीनद्वारा श्वेतपत्र जारी, महत्वपूर्ण जित हासिल गरेको दाबी


0
Shares

काठमाडौं । चीन सरकारले कोरोना भाइरस विरूद्ध चीनको कार्य प्रगति शीर्षकमा श्वेत पत्र प्रकाशित गरेको छ ।

चीनले महामारी विरूद्धको कठिन अवधिमा गरेको काम र प्रभावकारी उपायबारे श्वेतपत्रमा उल्लेख गरिएको छ ।

चीनले तीन महिनामा मात्र महामारी विरूद्ध ठूलो प्रगति पाएको सबभन्दा महत्वपूर्ण अनुभव रहेको श्वेत पत्रमा उल्लेख छ ।

एक अर्ब चालिस करोड जनसंख्या रहेको ठूलो मुलुकको रूपमा चीनले छोटो समयमा महामारीको नियन्त्रण गर्न सक्यो भन्ने कुरा श्वेत पत्रले जवाफ दिंदै त्यसको प्रमुख कारण चिनियाँ कम्युनिष्ट पार्टीको दृढ नेतृत्व रहेको उल्लेख गरेको छ ।

महामारी फैलिएपछि चीनका शीर्ष नेता सी चिन फिङले जनताको सुरक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्ने दोहो¥याएका छन् ।

महामारी फैलिएको सुरूमा नेता सीले महामारी विरूद्धको लडाइँलाई जनताको युद्धको रूपमा राखेर जनता साँच्चिकै बहादुर रहेको बताएका छन् ।

एक अर्ब चालिस करोड चिनियाँ जनताले चिनियाँ कम्युनिष्ट पार्टी र सरकारलाई उच्च विश्वास गरी आफ्नो राम्ररी संरक्षण गर्नु र अरूको संरक्षण गर्ने तथा राष्ट्रलाई योगदान गर्नेबीच बराबर भएको सहमतिमा कार्वाही गरेकोश्वेत पत्रले देखाएको छ ।(एजेन्सी)