
काठमाडौं । उत्तर र दक्षिण कोरियाका केही परिवारबीच आज पुनर्मिलन हुने भएको छ ।
कोरिया युद्धका समयमा अलग भएका एउटै परिवारका सदस्यहरुमध्ये केही परिवारको आज पुनर्मिलन हुन लागेको हो ।
त्यसका लागि दक्षिण कोरियाबाट केही परिवार उत्तर कोरिया पुगेका छन् । पुनर्मिलन कार्यक्रम २६ अगस्टसम्म जारी रहने छ ।
सन् १९५० को जुन २५ देखि १९५३ को जुलाई २७ सम्म दुई कोरियाबीच भएको युद्धका क्रममा एउटै परिवारका सदस्यहरु पनि अलग–अलग देशमा बस्न बाध्य भएका थिए ।
उनीहरुलाई पुनर्मिलन गराउन दुई कोरियाले कहिलेकाहिँ पुनर्मिलन कार्यक्रम गर्ने गर्दछन् ।
यसअघि पछिल्लो पटक सन् २०१५ को अक्टोबरमा यस्तो कार्यक्रम आयोजना गरिएको थियो ।(एजेन्सी) ।
प्रतिक्रिया दिनुहोस्