२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


विश्वमा कोरोनाबाट चार लाख मानिसको मृत्यु, ७० लाखभन्दा बढी संक्रमित


0
Shares

एजेन्सी, जेठ २५ । विश्वमा कोरोना भाइरस संक्रमणबाट चार लाखभन्दा बढी मानिसको मृत्यु भएको छ । यसैगरी कोभिड–१९ का कारण संक्रमित हुनेको संख्या ७० लाख नाघेको छ ।

सबैभन्दा बढी मृत्यु भएको अमेरिकामा १ लाख १२ हजारभन्दा बढी व्यक्तिको निधन भएको छ । त्यहाँ १९ लाख ८८ हजार मानिस संक्रमित छन् ।

मृतकमा दोस्रो स्थानमा रहेको बेलायतमा ४० हजार ४ सयभन्दा बढीको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या २ लाख ८४ हजार नाघेको छ ।
संक्रमितको दृष्टिले दोस्रो स्थानमा रहेको ब्राजिलमा ६ लाख ७६ हजार नाघेको छ । त्यहाँ ३६ हजार व्यक्तिको मृत्यु भएको छ ।

४ लाख ६७ हजार मानिस संक्रमित रहेको रुसमा भने ५८ सय व्यक्तिको मृत्यु भएको छ । स्पेनमा २ लाख ८८ हजार व्यक्ति संक्रमित हुँदा २७ हजार मानिसको मृत्यु भएको छ ।

संक्रमित हुनेको संख्यामा इटालीलाई पनि पछि पार्दै भारत छैठौं नम्बरमा उक्लेको छ । त्यहाँ २ लाख ४७ हजार मानिस संक्रमित हुँदा करिब ७ हजारको मृत्यु भएको छ । इटालीमा ३६ हजार ८ सयको मृत्यु हुँदा त्यहाँ २ लाख ३४ हजार व्यक्ति संक्रमित छन् ।