काठमाडौं । प्रतिनिधिसभामा आज पनि विनियोजित बजेटमाथिको छलफल जारी छ ।
आज राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको बजेटमाथि छलफल हुने छ ।
त्यसैगरी ऊर्जा, शिक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र, गृह र रक्षा मन्त्रालयको विनियोजित बजेटको शीर्षकमाथि पनि आजै छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।
हिजोको बैठकमा अर्थ मन्त्रालय, सञ्चार मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, वन मन्त्रालय, संस्कृति, पर्यटन मन्त्रालय, उद्योग मन्त्रालय, स्वास्थ्य मन्त्रालय र कृषि मन्त्रालयको बजेटमा छलफल भएको थियो ।
आज सबै बजेटमाथिको छलफल सकिने छ । सचिवालयको कार्यतालिका अनुसार भोलि सबै मन्त्रीहरुले सांसदहरुले राखेका धारणा र जिज्ञासाको जवाफ दिनेछन् ।
शुक्रबार ७ वटा र हिजो ८ वटा गरी १५ वटा मन्त्रालयको मन्त्रालयतगत शीर्षकमाथिको छलफल सकिएको छ ।
हिजो ५३ जना र शनिवार ६० जना गरी १५ वटा मन्त्रालयको मन्त्रालयगत शीर्षकमाथि ११३ सांसदले धारणा राखेका थिए ।









प्रतिक्रिया दिनुहोस्