११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


कोरोना पुष्टि भएकाको उपचारका लागि बन्द रहेको अस्पतालमा आइसोलेसन कक्ष तयार


0
Shares

डडेल्धुरा । कोरोना भाइरस पुष्टि भएका बिरामीलाई थप उपचारका लागि डडेल्धुरामा आइसोलेसन कक्ष तयार गर्न लागिएको छ ।

भारतबाट आएका डडेल्धुराका ५ जनामा कोरोना संक्रमण पुष्टी भएपछि डडेल्धुराको सदरमुकाममा बन्द रहेको अपी अस्पताललाई ४२ शैया उपचारसहितको आइसोलेसन कक्ष तयार गर्न लागिएको हो ।

डडेल्धुरा अस्पतालमा अन्य बिरामीको उपचार प्रभावित हुन सक्ने र संक्रमण फैलिन सक्ने भएकाले अस्पतालभन्दा बाहिर कोरोना आइसोलेसन राख्नुपर्ने सर्वपक्षिय निर्णय भएकाले सोही अनुसार कार्य अगाडी बढाइएको हो ।

गन्यापधुरा गाउँपालिका–१ का २ जना र २ का ३ जना पुरुषमा कोरोना देखिएकालागि हाललाई अपी अस्पतालमा व्यवस्था भएको आईसुलेसनमा राखिने डडेल्धुरा अस्पताल डडेलधुराका अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले जानकारी दिए ।

डडेल्धुराका पहिलो संक्रमित एक जना निको भइ घर फर्किसकेका छन् ।