२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


अनलाइन सपिङ कम्पनी व्यवस्थित गरिँदै


0
Shares

काठमाडौं, जेठ २४ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले विभिन्न अनलाइन सपिङ कम्पनी नियमन गर्ने भएको छ ।

विभागले अहिले सञ्चालित अनलाइन कम्पनी के–कसरी सञ्चालन भइरहेका छन् र तिनको अवस्थाबारे जाँचबुझ र नियमन गर्न आवश्यक कार्यविधिको तयारी गरिरहेको हो ।

अनलाइन कम्पनी कुन प्रायोजनका लागि दर्ता भएको हो र कतिसम्म कारोबार गर्ने भन्ने निश्चित गरी सोभन्दा बढी कारोबार गर्न नपाउने व्यवस्था कार्यविधिमा रहेको विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदीले बताए ।

‘लकडाउन’का कारण पनि अहिले अनलाइन ग्राहकको संख्या बढ्न थालेको छ । पछिल्लो समय दर्ता भएका १० अनलाइनले खानादेखि कपडासम्म बिक्री गरिरहेका छन् ।

यसैबीच, अनलाइन सपिङ कम्पनी दराजले पनि लकडाउनको अवधिमा नयाँ ग्राहकहरुसमेत जोडिएको र कारोबार तीनदेखि चार गुणासम्म बढेको जनाएको छ ।

यस अवधिमा साना तथा मझौला उद्योग बिक्रेताको रुपमा स्थापित गर्ने र व्यापार सहजीकरण गर्न ‘सहयात्री’ नामक योजना पनि अघि सारेको दराज अनलाइन कम्पनीका ‘सीसीओ’ टेम्पल प्याकुरेलले बताए ।

दराज अनलाइनले सदस्यताको लागि दराज युनिभर्सिटीको तयारी पनि गरिरहेको छ ।