Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


एनआईसी एशियाका ग्राहकलाई दराजमा अनलाईन किनमेल गर्दा २५ सयसम्म छुट


273
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले दशैंको उपलक्ष्यमा दराज ई–कमर्शबाट अनलाइन किनमेल गर्ने आफ्ना ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्ने उद्देश्य अनुरुप दराजसँग सम्झौता गरेको छ ।

चाडपर्वलाई लक्षित गर्दै बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्न दराजसँगको सहकार्यमा यस्तो योजना ल्याएको जनाएको छ । यो योजना २०७९ भाद्र २९ देखि असोज ११ सम्मको लागि लागू हुनेछ । यस योजना अनुसार दराजमा बैंकको डेबिट कार्ड प्रयोग गरी खरिद गर्दा १५ प्रतिशत वा २ हजार रुपैयाँसम्मको छुट उपलब्ध हुनेछ र क्रेडिट कार्ड मार्फत खरिद गर्दा २० प्रतिशत वा २ हजार ५ सम्मको छुट उपलब्ध हुनेछ । आफ्नो कार्डमा ई–कमर्श भुक्तानी सुविधा नलिएका सो बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको आई सर्भ मार्फत एवं एपमार्फत सोझै सहज रुपमा आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यो योजनाको अधिकतम फाइदा लिन सक्नेछन् ।

एनआइसी मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।