४ असार २०८१, मंगलबार | Tue Jun 18 2024


मानव विकासको अन्तिम लक्ष्य नै खुशी र सुखी जीवन: लालबाबु राउत


377
Shares

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मानव विकासको अन्तिम लक्ष्य नै खुशी र सुखी जीवन रहेको बताउनुभएकाे छ ।

जनकपुरमा आयोजित मानव विकास प्रतिवेदन २०२१–२२ सार्वजनिक गर्दै विश्व जगत विकासमा फड्को मार्दै गएपनि मानव जीवन अस्तव्यस्त हुँदै जानु चिन्ताको विषय भएको पनि बताउनुभएकाे हाे । उहाँले प्रत्येक ८ जनामा एक जना व्यक्ति मानसिक तनावमा रहेको तथ्याङ्क प्रतिवेदनले प्रस्ट्याएको उल्लेख गर्नुभयाे ।

विकास निर्माणका नाममा प्रकृति बिनाशको क्रम बढ्नु गलत भएको उहाँले बताउनुभयो । प्रकृति प्रतिको मानवीय अतिक्रमण नरोके बिनाश निम्तिने र रोक्नु अपरिहार्य भएको समेत उहाँले बताउनुभयाे । भौतिक विकास मात्रै विकास नभई उहाँले व्यक्ति सामाजिक हुँदा मात्र पर्यावरण संरक्षणसहितको विकासको मुल लक्ष्य प्राप्त हुने पनि उहाँले बताउनुभयो ।

मानव विकास प्रतिवेदनले औँल्याएका विषयवस्तु सरकारलाई अगामी नीति निर्माणमा सहायक हुने पनि मुख्यमन्त्री राउतकाे तर्क छ ।