२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


लमजुङमा विद्युत् प्रसारणलाइनको निर्माणकार्य प्रभावित


0
Shares

लमजुङ, जेठ २४ । ‘लकडाउन’का कारण उत्तरी लमजुङको न्यादी जलविद्युत् आयोजनाले निर्माण सुरु गरेको विद्युत् प्रसारणलाइनको निर्माणकार्य प्रभावित भएको छ ।

निर्माणका लागि आवश्यक सामग्री ढुवानी र जनशक्ति अभाव हुँदा निर्माणकार्य प्रभावित भएको हो ।

मर्स्याङ्दी गाउँपालिका–६, न्यादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाले नौ किलोमिटर राष्ट्रिय प्रसारणलाइन आफैं निर्माण सुरु गरेको थियो ।

ङादी खोलाबाट मर्स्याङ्दी–३, टारीकुनासम्म प्रसारणलाइन निर्माण गर्ने भनिएपनि २२० केभीको राष्ट्रिय प्रसारणलाइन निर्माण नहुने भएपछि थप तीन किलोमिटर प्रसारणलाइन निर्माण सुरु गरेको आयोजनाले जनाएको छ ।

आयोजनास्थलबाट टारीकुनासम्म १४ ओटा टावर बन्नेछन् । बाँकी तीन किलोमिटरमा भने थप १० ओटा टावर निर्माण हुने जनाइएको छ ।