११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


बर्दियामा २८ जना कोरोना संक्रमित थपिए


0
Shares

केशव कोइराला (इमेज)

बर्दिया, जेठ २४ । बर्दियामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अञ्चल अस्पतालमा गरिएको ‘पीसीआर’ परीक्षणमा जिल्लाका पाँच स्थानीय तहका विभिन्न ‘क्वारेन्टिन’मा रहेका २८ जनामा कोरोना संक्रमण देखिएको हो ।

शनिबार संक्रमण पुष्टि भएकाहरुमा गुलरिया नगरपालिकाका ११ जना, राजापुर र बासगडी नगरपालिकाका पाँच/पाँचजना, मधुवन नगरपालिकाका चारजना र बढैयाताल गाँउपालिकाका तीनजना रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताए ।

भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरुमा संक्रमण देखिएको प्रमुख गिरीले जानकारी दिए ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ ।