२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


खर्च हुने र उत्पादनमूलक क्षेत्रमा रोजगारी बढाउने बजेटमा सांसदहरुको जोड


0
Shares

काठमाडौं, जेठ २४ । सांसदहरुले खर्च हुने र उत्पादनमूलक क्षेत्रमा रोजगारी बढाउने बजेटमा जोड दिनुुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा विनियोजन विधेयक २०७७ का विभिन्न शीर्षकमाथि सांसदहरुले कृषि तथा उत्पादनमूलक क्षेत्रमा रोजगारी बढाउनुपर्ने र स्वास्थ्य क्षेत्रमा बजेट बढाउनुपर्ने बताएका छन् ।

बैठकमा नेपाली कांग्रेसका सांसद डा. मीनेन्द्र रिजालले सरकारको इमान्दारीतामा पनि प्रश्न उठेको भन्दै राष्ट्रिय गौरवका आयोजना पूरा गर्ने सामर्थ्य सरकारसँग नभएको बताए ।

सरकारले नेपाली जनताको दुःखमा नुन छर्किएको भन्दै उनले संकटमा सबै मिलेर काम गर्नपनि आग्रह गरे ।

नेकपाका सांसद गोकर्ण विष्टले सरकारले सीपयुक्त जनशक्तिका लागि खर्च बढाउनुपर्ने अवस्था आएको बताए ।

उनले कोरोनाको महामारीका कारण १६ देखि २० लाखसम्म रोजगारी गुम्ने तथा श्रमशक्ति व्यवस्थापन र रोजगारी गुमेकालाई व्यवस्थापन गर्नु सरकारको चुनौती रहेको टिप्पणी गरे ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विदेशबाट खाद्यान्न आयातमा रोक लगाएर आफैं बन्दोबस्त गर्नुपर्नेमा जोड दिए ।

उनले स्थानीय तहका प्रत्येक वडामा एक सुपथ मूल्य पसल खोल्नुपर्ने बताए ।