खोटाङ अस्पतालमा अनिश्चित कालका लागि प्रसूति सेवा बन्द « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Thu Sep 29 2022


खोटाङ अस्पतालमा अनिश्चित कालका लागि प्रसूति सेवा बन्द


78
Shares

काठमाडौं । खोटाङको जिल्ला अस्पतालमा प्रसूति गराउने शल्यक्रिया सेवा अनिश्चित कालका लागि बन्द गरिएकाे छ ।

दिक्तेलस्थित जिल्ला अस्पतालमा कार्यरत ‘एनेस्थेसियन’ बिदामा बसेपछि सेवा बन्द गरिएको अस्पतालले सूचना प्रकाशन गरेर जानकारी गराएको हो । जिल्ला अस्पताल खोटाङमा एनेस्थेसियाका एक जना मात्र कर्मचारी रहेका छन् ।

दुर्घटनामा तिनै कर्मचारीकाे पनि खुट्टा भाँचिएर बिदामा बसेकाले तत्कालका लागि शल्यक्रिया सेवा बन्द गरिएको हाे । कर्मचारी व्यवस्थापन गर्न सम्बन्धित निकायसँग छलफल भइरहेको समेत अस्पतालले जनाएको छ ।