Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


बाँकेमा थप १३ जना संक्रमित डिस्चार्ज


0
Shares

बाँके, जेठ २३ । बाँकेमा थप १३ जना कोरोना संक्रमित निको भएर घर गएका छन् ।

नरैनापुर गाउँपालिकाका थप १२ र नेपालगन्जका १ गरी शुक्रबार १३ जनाले कोरोना जितेका हुन् ।

नेपालगन्जको लाइन्स डेन्टल आइसोलेसनबाट १२ र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट १ गरी १३ जना निको भएर घर फर्किएका हुन् ।

निको हुनेमा नरैनापुरका १२ र नेपालगन्ज–८ का १ जना रहेका छन ।

लाइन्स डेन्टल अस्पतालको आइसोलेसनमा राखिएका २३ जनामध्ये १२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।

बाँकेमा कोरोना जित्नेको संख्या ४१ पुगेको छ । बाँकेमा कोरोना संक्रमितको संख्या २ सय ५५ छ ।