स्यालले टोक्दा चार जना गम्भीर घाइते « Imagekhabar – Online News Portal of Nepal
२१ आश्विन २०७९, शुक्रबार | Fri Oct 7 2022


स्यालले टोक्दा चार जना गम्भीर घाइते


546
Shares

काठमाडौं । महोत्तरीको पिपरा गाउँपालिका–६ रतौली गाउँमा आइतबार स्यालले टोक्दा चार जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पँगेनीका अनुसार घाइते हुनेमा तीन महिला र एक पुरुष रहेका छन् ।

गाउँ नजिकैको वनको झारीबाट टोलमा पसेको एउटा स्यालले स्थानीय ३५ वर्षीया पुनमदेवी सोनार, १३ वर्षीया रेणुकुमारी सदा, ६५ वर्षीया सोनावती सदा र १६ वर्षीया बबन चौधरीलाई टोकेर घाइते बनाएको हो ।

घाइतेको अनुहार, पेट, छाती तथा शरीरको अन्य भागमा घाउ छ । चारै जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको बताइएको छ ।