Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


सालकको खपेटासहित तीनजना समातिए


0
Shares

हेटौंडा, जेठ २३ । मकवानपुरमा सालकको खपेटासहित तीनजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरअन्तर्गत् इलाका प्रहरी कार्यालय मनहरीले मनहरी गाउँपालिका–७ मा दुर्लभ वन्यजन्तु सालकको ६५० ग्राम खपेटासहित तीनजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका–१२ का ३२ वर्षीय लालसिंह बोम्जन, मनहरी गाउँपालिका–७ बस्ने ३९ वर्षीय अबमीकल र राप्ती नगरपालिका–७ का ५५ वर्षीय बधुवा चौधरी रहेका छन् ।

उनीहरुलाई डिभिजन वन कार्यालय मनहरीमा कारबाहीका लागि लगिएको प्रहरीले जनाएको छ ।