प्लाष्टिक टनेल र तरकारीको बिऊ पाएपछि महिला उत्साहित « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Thu Sep 29 2022


प्लाष्टिक टनेल र तरकारीको बिऊ पाएपछि महिला उत्साहित


299
Shares

सोलुखुम्बु । बेमौसमी तरकारी खेतीका लागि प्लाष्टिक टनेल र विभिन्न तरकारीका बिऊ पाएपछि हाम्रो क्षेत्रका महिला तरकारी उत्पादनमा निकै उत्साहित देखिएका छन् ।

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ८ केरुङ, बाघखोरकी कृषक दाली शेर्पाले महिलाहरु विभिन्न तरकारीको बिऊ पाउदाँ निकै उत्साहित भएको बताउनुभयो । यसले तरकारीमा आत्मनिर्भर बनाउनुका साथै आयआर्जनमा समेत सहयोग पुग्ने शेर्पाको भनाई छ ।

सोलुखुम्बुको शिक्षा, स्वास्थ्य तथा महिला सशक्तिकरणका क्षेत्रमा विगत लामो समयदेखि काम गर्दै आएको ‘द स्मल वल्र्ड’ संस्थाले यस क्षेत्रका महिलाहरुलाई ‘आशाको बिऊ’ कृषि कार्यक्रम अन्तरगत प्लाष्टिक टनेल, विभिन्न थरिका तरकारीको विऊ वितरण तथा प्लाष्टिकको टनेल बनाउने सीप सिकाएपछि महिलाहरुले अब जुनसुकै समयमा पनि तरकारी फलाउन सक्ने बताएका छन् ।

बाघखोरमा केरुङका ३० महिलालाई आठ प्रकारका तरकारीको विऊ वितरण गरिएको र यसअघि वितरण गरिएको टनेल निर्माण गर्ने तरिका समेत सिकाएको संस्थाकी कार्यक्रम संयोजक गोमा बस्नेतले जानकारी दिनुभयो । सामग्री तथा सीप पाएपछि महिलाहरु धरै खुशी भएको उहाँले बताउनुभयो ।

कृषि प्राविधिक सहित कृषकहरुलाई सहयोग गरिरहेको संस्थाले तरकारीमा आत्मनिर्भरताका साथै महिलालाई आर्थिक रुपमा सबल बनाउने उद्देश्यले ‘आशाको विउ’ नाम कार्यक्रम सञ्चालन गरिएको टिएसडब्लुका अध्यक्ष कर्मा शेर्पाले बताउनुभयो ।

समाजमा महिलाहरुलाई हरेका क्षेत्रमा अघि बढाउन सके विकासमा फड्को मार्न सकिने उहाँको भनाई छ । यसअघि जिल्लाको सल्लेरी, तिङला, तामाखानी लगायत विभिन्न क्षेत्रमा आशाको बिऊ कार्यक्रम मार्फत कृषकहरुलाई टनेल तथा तरकारीको बिऊ र कृषि प्राविधिक समेत सहयोग गरेको अध्यक्ष शेर्पाले बताउनुभयो ।

कोरोनाको समयमा घरमै बसेर तरकारी उत्पादनमा प्रोत्साहन गर्नका लागि यो कार्यक्रम ल्याइएको बताइएको छ ।