राज कुन्द्रालाई दोषी प्रमाणित गर्न पर्याप्त प्रमाण भएकाे अभियोजनको दावी « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Wed Sep 28 2022


राज कुन्द्रालाई दोषी प्रमाणित गर्न पर्याप्त प्रमाण भएकाे अभियोजनको दावी


2.548k
Shares

एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा अद्योगपति राज कुन्द्राकाे पोर्नोग्राफी मुद्दा अझै सकिएको छैन् ।

साेही मुद्दाबाट आफ्नो नाम हटाउन गत महिना अदालतमा कुन्द्राले निवेदन दिएका थिए । तर, दोषी प्रमाणित गर्न पर्याप्त प्रमाण छ भन्दै अभियोजन पक्षले कुन्द्राको निवेदन माथि विरोध गरेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार अभियोजन पक्षले राज कुन्द्राविरुद्ध परेको मुद्दालाई प्रमाणित गर्ने प्रमाणहरू धेरै भएको भन्दै उनको निवेदनको विरोध गरेकाे छ । तर कुन्द्राले भने यस मुद्दाबाट आफ्नो नाम हटाएर आरोपबाट सफाइ दिनुपर्ने निवेदनमा उल्लेख गरेका छन् ।

अभियोजन पक्षले नाम हटाउने निवेदनको विरोध गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अभियोजन पक्षको प्रारम्भिक दृष्टिकाेणमा भने कुन्द्रा पोर्नोग्राफी कारोबारमा प्रत्यक्ष संलग्न रहेको र साथमा आफूसँग यसका लागि पर्याप्त प्रमाण पनि रहेको दावी गरेकाे छ । जसका कारणले गर्दा कुन्द्रा दोषी भएको समेत प्रमाणित गर्ने देखिन्छ ।

गत वर्ष मुम्बई प्रहरीको अपराध शाखाले कुन्द्रालाई पोर्न फिल्म बनाएको आरोपमा पक्राउ गरेको थियो । कुन्द्राको नाम त्यतिबेला चर्चामा समेत आएको थियो । जब केही मोडल र संघर्षरत अभिनेत्रीले उनलाई जबरजस्ती पोर्न फिल्ममा काम गर्न लगाइएको आरोप समेत लगाएका थिए ।

त्यसपछि प्रहरीले अनुसन्धानका क्रममा परिसरमा छापा मारेर कुन्द्रालाई पक्राउ गरेको थियो । पोर्नोग्राफी मुद्दामा मुम्बई प्रहरीले पक्राउ गरेपछि कुन्द्रालाई २ महिना जेलमा समेत राखेको थियो । लामो अदालती कारबाहीका कारण कुन्द्राले सेप्टेम्बर २०२१ मा मुम्बई सत्र अदालतबाट जमानत पाएका थिए।

अदालतले साेही मुद्दामा आफूलाई सफाई दिनुपर्ने कुन्द्राको निवेदनमा उल्लेख गरिएकाे छ ।