Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


प्रदेश–२ प्रदेशसभामा कार्यरत् पाँचजना मर्यादापालकलाई कोरोना


0
Shares

जनकपुरधाम, जेठ २२ । प्रदेश नम्बर–२ को प्रदेशसभामा कार्यरत् मर्यादापालक र राज्यमन्त्रीका सहयोगीलाई कोरोना संक्रमण देखिएको छ ।

पाँचजना मर्यादापालक र आर्थिक मामिला तथा योजना राज्यमन्त्रीका सहयोगी गरी छजनामा कोरोना पुष्टि भएको हो ।

कर्मचारीहरुमा संक्रमण देखिएपछि प्रदेशसभाको बैठक पनि स्थगित गरिएको छ ।

संक्रमितहरुलाई उपचारका लागि ‘आइसोलेसन’मा पठाइएको छ भने सभालाई स्यानिटाइज गर्ने काम भइरहेको छ ।